असारे रोपाइँ
डिलबहादुर महराः गए खेत रोप्न कतै मान खोज्न
कुदे फेरि बोका खसी खान खोज्न ।
लिई मस्त पेटी नशा धेर बोकी
अचम्मै हतारो भयो धान खोज्न ।।
बिनाकाम सिद्धिन्छ सम्पूर्ण दाम
जता हेर्छु उस्तै भए तामझाम ।
बहाना चलेको जमाना छ बाठो
असारे भनी पन्ध्रको चल्छ नाम ।।
कता खेतबारी कहाँ छन् किसान
खुला चित्त रोपाइँ गर्छन् जहान ।
कहाँ छैन गाडी र घोडा कुदेका
यहाँ सक्कली देख्छु फेरि अजान ।।
छ सञ्जाल उस्तै छताछुल्ल फोटा
न ता काम राम्रा भए ज्ञान छोटा ।
यता दौडिएका उता सन्किएका
बडेमान पाखण्ड देख्दैछु खोटा ।।
उता गाउँमा खेत रोपिन्छ मस्त
किसानी हुँदा स्वर्ग जस्तै दुरुस्त ।
भयो नक्कले झक्कलेको जमाना
हजारौँ भए देश खाने अभ्यस्त ।।