सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा खैरो हेरोईनसहित एक युवक पक्राउ

२०८१ असार ११, ०७:४५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा खैरो हेरोईनसहित एक युवक पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका-१८ भगतपुरबाट सोही ठाउँ बस्ने ३० वर्षीय तेजराज भट्ट ०.१४ ग्राम लागूऔषध (खैरो हेरोईन)सहित पक्राउ परेका हुन्। भट्टलाई नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सोमवार नियन्त्रणमा लिएको जनाएको छ। 

कमेन्ट लोड गर्नुस