सुदूर नेपाललाई विश्वसँग जोड्दै

ज्योती लाईफ इन्स्योरेन्स र माया मेट्रो अस्पतालबीच सेवा सम्झौता

२०७६ जेठ १९, ११:२९ खबर संवाददाता

ध्नगढीमा ज्योति लाईफ इन्स्योरेन्स र माया मेट्रो अस्पतालबीच सेवा सम्झौता भएको छ। आफ्ना ग्राहकहरुलाइ बीमा सेवाका अतिरिक्त अन्य सेवासुविधा विस्तार गर्ने योजना अनुसार अस्पतालसंग सम्झौता गरिएको हो। सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने तथा उक्त कार्ड प्राप्तकर्ता र नीजिका परिवारका सदस्यहरुले अस्पतालबाट स्वास्थ्य उपचार सेवामा विशेष छुट पाउने गरि सम्झौता भएको हो।

सम्झौता पत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमुख प्रकाशबिक्रम खत्री र माया मेट्रो अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर मोहन साउदले हस्ताक्षर गरेका भने सम्झौता पत्र आदान प्रदान ज्योति लाईफका सुदूरपश्चिम संयाजक देशराम चौधरीले गरेका थिए। 
 

कमेन्ट लोड गर्नुस