बझाङमा एक जनाको गोठमा आगलागी

बझाङः बझाङमा एक जनाको गोठमा आगलागी भएको छ।
जिल्लाको बित्थडचिर गाउँपालिका– ७ गैरीपोखरी बस्ने पूर्ण बहादुर खड्काकोे गोठमा मङ्गलवार विहान करिब ४ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ। खड्काको १ तले गाई गोठमा घरमा बालेको आगो बाट एक्कासि आगलागी भएको जनाइएको छ।

उत्त आगलागीबाट खड्काको गोठमा रहेका ३ वटा बाख्रा र १ गाइको जलेर मृत्यु भएको छ भने २ वटा गोरु र १ गाई घाइते भएको र मानवीय क्षति केही नभएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाए को छ।

