सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिपायल सिलगढी नगरपालिकामा पाइप लाइन विस्तारमै अनियमितता

२०८१ जेठ ३२, ०७:४८ खबर संवाददाता

धनगढीः डोटीको दिपायल–सिलगढी नगरपालिकाले पाइप लाइन विस्तारमै अनियमितता गरेको पाइएको छ।

नगरपालिकाले पाइप लाइन विस्तार गर्दा ४८ हजार ९८४ रकम अनियमितता गरेको फेला परेको हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली,२०७७ को नियम ३९ को (११) मा सरकारी रकम खर्च गर्दा वा कुनै आर्थिक कारोवार गर्दा कार्यालय प्रमुखले सरकारी रकमको हिनामीना, हानी–नोक्सानी वा लापरवाही  गर्न नपाउने गरी सरकारी संरचना,नगद जिन्सी सुरक्षित राख्नुपर्ने उल्लेख छ।

तर दिपायल–सिलगढी नगरपालिकाले कैलडा खानेपानी पाइपलाइन विस्तार उपभोक्ता समितिलाई ४८ हजार ९८४ रकम बढी भुक्तानी गरेको फेला  परेको छ। उपभोक्ता समितिले नगरपालिकालाई पेश गरेको बिल अनुसार १ लाख ६९ हजार ३०४ रुपैँया मात्र खर्च भएको देखिए पनि नगरपालिकाले भने २ लाख १८ हजार २८९ रुपैँया भुक्तानी गरेको महालेखापरीक्षकको तथ्यांङ्कले देखाएको छ। अब, नगरपालिकाले उपभोक्ता समितिबाट ४८ हजार ९८४ रुपैँया असुली गर्नुपर्ने छ।
 

कमेन्ट लोड गर्नुस