सुदूर नेपाललाई विश्वसँग जोड्दै

कुबेतको एक क्याम्पमा आगलागी हुँदा ४१ आप्रवासी श्रमिकको मृत्यु

२०८१ जेठ ३०, ०५:०२ खबर संवाददाता

एजेन्सीः कुबेतको माङ्गाफस्थित एक लेवर क्याम्पमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ।

मृत्यु हुने कामदार कुन–कुन देशका हुन खुलेको छैन। उक्त क्याम्मा नेपालीहरू पनि बस्थे। उनीहरुको अवस्थाबारे यकिन विवरण भइनसकेको कुबेतस्थित नेपाली राजदूतावासले जनाएको छ।

कुबेतको एनबीटीसी कम्पनीमा कार्यरत श्रमिकहरु बस्ने क्याम्पमा आगलागी हुँदा ४१ श्रमिकहरुको मृत्यु भइसकेको आन्तरिक मन्त्रालयले जनाएको छ। कुबेतस्थित नेपाली दूतावासकोअनुसार आगलागीमा नेपाली श्रमिक परे वा नपरेको विषयमा खोजी भइरहेको जनाएको छ।

‘दूतावासको टोली क्याम्प र अस्पतालमा खटाइएको छ। प्रहरी र कम्पनीको व्यवस्थापनसँग समन्वय भइरहेको छ,’ घटानस्थलमा रहेका नेपाली दूतावासका उपप्रमुख सुजन बिडारीले भने,‘त्यस कम्पनीमा नेपाली कार्यरत छन्। तर, नेपाली परे नपरेको पुष्टि भइसकेको छैन।’
 

कमेन्ट लोड गर्नुस