दार्चुलामा सडकमाथिबाट आएको ढुङ्गा लागेर एक डाक्टर घाइते
दार्चुलाः दार्चुलामा सडकमाथिबाट आएको ढुङ्गा लागेर जिल्ला अस्पताल दार्चुमा कार्यरत २६ वर्षीय डाक्टर राजेश अवस्थी घाइते भएका छन्।
मालिकार्जुन गाउँपालिका–८ स्याउँलेमा जिल्ला अस्पताल दार्चुलाबाट गोकुलेश्वरतर्फ औषधी बोकेर जाँदै गरेको गाडीमा सडकमाथिबाट आएको ढुङ्गा लागेर गाडीमा सवार रहेका डाक्टर अवस्थी घाइते भएका हुन्।
उनको घाँटीमा चोट लागेको छ। उनलाई थप उपचारकालागि डडेल्धुरा पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। गाडी चालक धनसिं विष्ट भने सकुशल रहेका छन्।