लामो समयदेखि प्रेममा रहेकी एलिना वैवाहिक बन्धनमा
२०८१ वैशाख ५, ०६:२०
काठमाडौँः गायिका एलिना चौहान आज (बुधवार) विवाह बन्धनमा बाँधिएकी छन्। एलिना प्रेमी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिएकी छन्।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी उनी आज परम्परागत रुपमा विवाह बन्धनमा बाधिएकी हुन्। एलिना र विष्णुको विवाह समारोह झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा भएको हो।
बाग्लुङ निवासी विष्णु विवाहका लागि जन्तीसहित मंगलवार नै झापा पुगेका थिए। विष्णु केही समयदेखि अस्ट्रेलिया बस्दै आएका छन् भने एलिना नेपालमै गायनमा सक्रिय रहेकी छन्।
कमेन्ट लोड गर्नुस