सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेसको सहमहामन्त्रीमा न्यौपानेले गरिन् उम्मेदवारी घोषणा

२०८३ असोज १८, १२:२३ खबर संवाददाता

धनगढीः नेपाली कांग्रेसका सहमहामन्त्रीमा इश्वरी न्यौपानेले उम्मेदवारी घोषणा गरेकी छिन्। न्यौपाले कांग्रेसको प्रतिनिधिसभाको पूर्वसचेतक तथा राज्य व्यवस्था तथा सुशासन समितिकी पूर्वसभापति पनि हुन्। 

उनी पटकपटक केन्द्रीय सदस्य भइसकेकी छन्। ‘नेपाली कांग्रेसलाई लोकप्रिय पार्टी निर्माण गर्ने, संगठनलाई अझ मजबुत बनाउने र देशकै नम्बर एक पार्टीका रूपमा स्थापित गर्ने अभियानमा मेरो महत्वपूर्ण भूमिका रहनेछ, त्यसकारण मलाई मतदान गरेर यो अवसर प्रदान गर्न सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्यूहरूमा हार्दिक अपिल गर्दछु,’ न्यौपानेले भनिन्।

कमेन्ट लोड गर्नुस