कञ्चनपुरमा थ्रेसरमा च्यापिएर महिलाको मृत्यु
कञ्चनपुरः कञ्चनपुरमा थ्रेसरमा च्यापिएर महिलाको मृत्यु भएको छ।
भीमदत्त नगरपालिका-९ मटैना निङलासैनी टोलमा सोही ठाँउ बस्ने प्रमानन्द जोशीको श्रीमती ४२ वर्षीया कौशादेवी जोशीको आईतवार दिउँसो गहुँ चुट्ने क्रममा थ्रेसर भित्र हात परी च्यापिएर घटनास्थलमै मृत्यु भएको हो।
उनको घट्नास्थलमै मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी खटिई ट्याक्टर र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ।