कञ्चनपुरमा थ्रेसरमा च्यापिएर एक महिलाको मृत्यु
२०८१ वैशाख २, ०४:१३
कञ्चनपुरः कञ्चनपुरमा गहुँ चुट्ने थ्रेसर मेसिनमा च्यापिएर एक महिलाको मृत्यु भएको छ।
जिल्लाको भीमदत्त नगरपालिका–९ की ४२ वर्षीया कौशादेवि जोशीको थ्रेसरमा च्यापिएर मृत्यु भएको हो।
जोशीको गहुँ चुट्नेबेला सोमवार(आज) थ्रेसरमा च्यापिएर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
कमेन्ट लोड गर्नुस