सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एक महिला जबरजस्ती करणीको सिकार, एक जना प्रहरी नियन्त्रणमा

२०८१ वैशाख २, ०३:१५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा एक महिला जबरजस्ती करणीको सिकार बन्न पुगेकी छिन्।

२९ वर्षीया महिला जबरजस्ती करणीको सिकार बन्न पुगेकी हुन्। जबरजस्ती करणीमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाइ पक्राउ समेत गरेको छ। जबरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका–८ कलकत्ताका ४८ वर्षीय भजन रानालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो।

रानाले ती महिलालाई बुधबार दिउँसो आफ्नै घरमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

कमेन्ट लोड गर्नुस