सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–अत्तरिया ६ लेन सडकमा दुर्घटना 

२०८० चैत्र ३०, १०:३८ खबर संवाददाता

धनगढीः धनगढी–अत्तरिया ६ लेन सडकमा दुर्घटना भएको छ।

अत्तरियादेखि धनगढी आउदै गरेको बागमती प्रदेश ०१०२९ च १७८३ नम्बरको कारलाई पछाडीबाट सुदूरपश्चिम प्रदेश ०१००७ प ९८२५ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा ६ लेन सडकको धनगढी उपमहानगरपालिका–१३ मोहनपुरमा दुर्घटना भएको हो। दुर्घटना हुँदा दुई जना घाईते भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

घाईते हुनेमा मोटरसाईकल चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का २२ वर्षीय विक्रम राना र मोटरसाईकल पछाडी सवार सोही ठाउँका २१ वर्षीय दिपेन्द्र राना रहेको प्रहरीले जनाएको छ। घाइते दुबै जनाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ। कार र मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा लिएर घटना सम्बन्धि थप अनुसन्धान गरिरहेको जनाएको छ।  

कमेन्ट लोड गर्नुस