सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको एक गोठमा आगलागी

२०८० चैत्र २८, ०७:२४ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको बेदकोट स्थित एक गोठमा आगलागी भएको छ।

बेदकोट नगरपालिका–५ पोलखरी बस्ने जयराज पन्तको गाई गोठमा मंगलवार साँझ आगलागी भएको हो। आगलागी हुँदा गाईगोठ र गोठ भित्र रहेका सामानहरु समेत गरि अन्दाजी २ लाख पचास हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले बताए।

जोशीका अनुसार आगलागीबाट गोठमा रहेका एकवटा गाई जलेर घाईते भएको छ भने एउटा बाच्छीको जलेर मरेको हो। उक्त आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस