सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा बढ्दै डढेलो, विषाक्त बन्दै हावा

२०८० चैत्र २७, ०३:४१ खबर संवाददाता

धनगढीः गर्मी बढेसँगै डढेलोका घटना बढेका छन्।

वन तथा भूसंरक्षण विभागका अनुसार पछिल्लो एक सातामा सुदूरपश्चिमको अछामका ६ र बैतडी तथा बाजुराको एक÷एक स्थानमा डढेलोका घटना भएका छन्। यसका साथै डडेलधुरामा ३, डोटीमा १४, कैलालीमा ९ र कञ्चनपुरमा ६ ठाउँमा डढेलो फैलिएको छ।

प्रदेशभर फैलिएको डढेलोका कारण वायु प्रदूषित भएको वातावरण विभागका प्रवक्ता तारादत्त भट्टले बताए। वायु शुद्धता सूचकांक (एक्युआइ) का अनुसार अहिले महेन्द्रनगरको हावा प्रदूषित देखिएको छ। एक्युआइअनुसार एक सय एकभन्दा माथिको अंक हानिकारक हो। महेन्द्रनगरको ११७.७४ वायुको अवस्था रहेको छ।

कमेन्ट लोड गर्नुस