सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरपालिकाद्धार एकै दिन ९१ सामुदायिक कुकुरको बन्ध्याकरण

२०८० चैत्र २४, ०९:३६ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकाले आज (शनिवार) एकै दिन ९१ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरेको छ।

धनगढी उपमहानगरपालिकाको पशु सेवा शाखाको  आयोजनामा भएको  सामुदायिक कुकुर बन्ध्याकरण कार्यक्रम अन्तर्गत आज दोस्रो दिनमा उपमहानगरपालिका–७ पटेला, १ नम्बर वडा अदालत रोड, वडा नम्बर–८ धनगढी गाउँ र वडा नम्बर–१२ जुगेडामा गरि ९१ वटा सामुदायिक कुकुरहरुको  बन्ध्याकरण गरेको छ।May be an image of 5 people, slow loris and hospital

हिजो (शुक्रवार) बाट सुरु भएको शिविर चार दिन सम्म सञ्चालन हुने छ। हिजो र आज गरि १२३ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ। उपमहानगरपालिकाले यो वर्ष तीन सय सामुदायिक कुकुरको बन्ध्याकरण गर्न लागेको हो।

नगरपालिका परिसरका तीन सय सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने लक्ष्उइ लिएको छ। उपमहानगरपालिकाले हरेक वर्ष सामुदायिक कुकुरको बन्ध्याकरण गर्दै आएको छ। गत वर्ष १५० सामुदायिक कुकुरको बन्ध्याकरण गरिएकोमा यो वर्ष दोब्बर संख्यामा कुकुरको बन्ध्याकरण गरिने उपमहानगरपालिकाले जनाएको छ। सामुदायिक कुकुरहरूको संख्या नियन्त्रण गर्न र कुकुरबाट हुने समस्या रोक्न हरेक वर्ष बध्याकरण शिविर आयोजना गरिँदै आएको छ।
May be an image of 5 people, dog, acupuncture and hospital

कमेन्ट लोड गर्नुस