सुदूर नेपाललाई विश्वसँग जोड्दै

साझा विवेकशिलको भ्रष्टाचार विरुद्धको अभियान दार्चुलामा

२०७६ जेठ ७, ०६:३६

टिकापुरबाट सुरु भएको साझा विवेकशिल पार्टीको भष्ट्रचार विरुद्धको अभियान दार्चुला पुगेको छ। बैतडी जिल्लका विभिन्न स्थानमा कार्यक्रम सकेर अभियान आज दार्चुला पुगेको हो। आज दार्चुलाको गोकुले, सदरमुकाम खलंगा र मालिकार्जुनमा कार्यक्रम भएको पार्टीले जनाएको छ। तीन ठाउँमा आयोजीत कोण सभा कार्यक्रममा पार्टीका संयोजक रविन्द्र मिश्र, पार्टी प्रवक्ता सुर्यराज आचार्य, संगठन विभाग प्रमुख मुमाराम खनाल, सुदूरपश्चिम प्रदेश संयोजक गोपाल हमाल, उप–संयोजक दिनेशराज भण्डारी लगायतका नेताले सम्वोधन गर्नुभएको छ। अभियान अन्तरगत प्रदेशका नौ वटै जिल्लाका २६ स्थानमा कोणसभाको आयोजना गरिनेछ। बझाङ सदरमुकाम चैनपुर, डोटीको दिपायल, सिलगढी र साफे, बाजुराको मार्तडी, अछाम सदरमुकाम मंगलसेन, अछामको कमल बजार र बिनायकमा कोणसभा गरिने साझा विवेकशिल पार्टीले जनाएको छ।
नेपाल भष्ट्रचारको काण्डैकाण्ड भएको देशले परिचित हुन थालेको भन्दै साझा विवेकशिल पार्टीले त्यस्को विरुद्धमा जनजागरण फैलाउने उद्येश्य सहित सुदूरपश्चिममा अभियान सुरु गरेको हो। 
 

कमेन्ट लोड गर्नुस