सुदूर नेपाललाई विश्वसँग जोड्दै

कस्तो रहनेछ आजको मौसम?

२०८० चैत्र १३, ०६:११ खबर संवाददाता

धनगढीः हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलवार कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ।

कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस, बागमती  र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

कमेन्ट लोड गर्नुस