सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमालेबाट प्रदेश सभातर्फ बझाङ (१) मा दमन भण्डारी उम्मेदवार बन्ने

२०८० चैत्र ११, ०३:३७ खबर संवाददाता

धनगढीः सत्तारुढ दल एमालेले बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र (१) मा दमन भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आइतबार बसेको सचिवालय बैठकले भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

रिक्त प्रतिनिधिसभा सदस्य चयनका लागि आगामी १५ वैशाखमा हुने उपनिर्वाचनमा एमालेले भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। बझाङ ‘१’ बाट निर्वाचित सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको गत असार ५ गते दुर्घटनामा निधन भएपछि उक्त क्षेत्र रिक्त छ।

कमेन्ट लोड गर्नुस