बेलौरीबाट बोईलर कुखुरा बरामद
२०८० चैत्र ११, ०९:५५
कञ्चनपुरः कञ्चनपुरको बेलौरीबाट बोईलर कुखुरा बरामद गरिएको छ।
बेलौरी नगरपालिका–८ कलकत्ताबाट अबैंध रुपमा भारतबाट नेपाल ल्याउदै गरेको ७ हजार ५ सय मूल्यको बोईलर कुखुरा शनिवार दिउँसो बरामद गरिएको हो। प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारेका उक्त कुखुरा नष्ट गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस