सुदूर नेपाललाई विश्वसँग जोड्दै

अध्यक्ष ओली भेट्न निर्वाचन मण्डल हिजो धनगढी र आज डडेल्धुरा प्रस्तान

एमाले कञ्चनपुरमा विवाद चर्कियो

२०८० चैत्र ५, १२:२४ खबर संवाददाता

कञ्चनपुरः नेकपा एमाले कञ्चनपुरमा विवाद चर्किएको छ।

निर्वाचनको विषयलाई लिएर आइतबारदेखि विवाद चर्किएको हो। सहमति जुट्न नसकेपछि हिजो (आइबार) निर्वाचन मण्डल अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न धनगढी पुगेको थियो भने आज (सोमबार) डडेल्धुरा प्रस्तान गरेका छन्। अध्यक्ष ओली डडेल्धुरामा छन्। एमाले कञ्चनपुर कार्यालयमा तालाबन्दी नै गरिएपछि विवाद झन सतहमा आएको हो।

नवौं जिल्ला अधिवेशनलाई लम्ब्याएर सहमतिको खाका तयार गरेपछि विवाद उत्पन्न भएको हो। नेताहरूले पदाधिकारीमा उम्मेदवारी दिएका सबैलाई आइतबार सामूहिक रूपमा उम्मेदवारी फिर्ता गर्न लगाएका थिए। अध्यक्ष केपी शर्मा ओलीले चैत १ गते अधिवेशन उद्घाटन गर्दै सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका थिए।

सोही निर्देशनअनुसार अध्यक्षमा हालका कार्यवाहक अध्यक्ष लक्ष्मी बुढा, उपाध्यक्षमा जनक अवस्थी, सचिवमा पल्लवराज भट्ट, उपसचिव अध्यक्षका आकांक्षी अशोक चन्द र राजीव खड्कालाई बनाउने सहमति भएको छ। अध्यक्ष मण्डलले सोमबार पदाधिकारीमा सर्वसम्मत घोषणा गर्ने तयारी गरेपछि सचिवमा उम्मेदवारी दिएका कर्णबहादुर चन्दले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन्।

चन्दले अधिवेशन प्रतिनिधिको भावनाविपरीत सर्वसम्मतिको नाममा विधि, विधान मिचिएकाले तालाबन्दी गरिएको बताए। नवौ अधिवेशनमा शनिबारदेखि शुक्रबार साँझसम्म निर्वाचन प्रक्रिया सुरु भएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशन अनुसार सर्वसम्मत जिल्ला अधिवेशन चयनका लागि निर्वाचन कार्य तालिका हेरफेर हुँदै आएको हो। सोमबार विहानसम्म उम्मेदवारी फिर्ताको समय दिएर फेरि तालिका संशोधन गरिएको थियो।

निर्वाचन समितिले आइतबार विहान उम्मेदवारी फिर्ताको समय राखेको थियो। निर्वाचन मण्डलले सहमतिका लागि समय मागेपछि सारिएको थियो। आइतबार निर्वाचन मण्डलका अध्यक्षसहित सदस्यहरु धनगढी पुगेका थिए। एमाले अध्यक्ष ओली डडल्धुरा अधिवेशन उद्घाटनका लागि धनगढी पुगेपछि नेताहरु धनगढी पुगेका थिए। अध्यक्ष ओलीले नवौ अधिवेशन बिहीबार उद्घाटन गर्दै सहमतिको अधिवेशन बनाउन निर्देशन दिएका थिए। आज अध्यक्ष मण्डलकासदस्य सहित नेताहरु अध्यक्ष भेट्न फेरी डडेल्धुरा पुगेको बुझिएको छ।

कमेन्ट लोड गर्नुस