सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रसेवक बचत तथा ऋण सहकारीले १७ औँ स्थापना दिवश मनायो

२०८० चैत्र ३, ०७:५१ खबर संवाददाता

धनगढीः राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १७ औँ स्थापना दिवश मनाएको छ।

शनिवार सहकारीले आफ्नो १७ औँ स्थापना दिवश विविध कार्यक्रम गरि मनाएको छ। सहकारीको स्थापना दिवसको अवसरमा उक्त सहकारीका अध्यक्ष लोकराज पनेरुले सहकारीको आय व्ययको विवरण समेत प्रस्तुत गरेका थिए। साथै सहकारीले पुर्व पदाधिकारी तथा स्थापनार्थ सदस्यहरुलाई सम्मान समेत गरेको थियो।

अध्यक्ष पनेरुले सहकारीको लगानि सुरक्षित रहेको समेत दाबि गरेका थिए। उनले ऋण दिएको कुल रकमको ८० प्रशित धितो राखेर ऋण दिएको र १० प्रशित मात्र बिना धितो ऋण दिएकाले बचतकर्तालाई ढूक्क भएर बचत गर्न जोड दिए।

कार्यक्रममा सहकारीका बचत कर्ता, अन्य सहकारीका प्रतनिधि तथा कृषी सहकारी मन्त्रालयका विज्ञ कर्मचारीको सहभागीता रहेको उक्त सहकारीका व्यवस्थापक प्रबेश श्रेष्ठले बताए।
 

कमेन्ट लोड गर्नुस