पत्रकार जमुना न्युरे सम्मानित
धनगढीः कैलालीकी पत्रकार जमुना न्युरेलाई सम्मान गरिएको छ।
कैलालीको धनगढीमा रहेको सौँराइ स्क्वायरले गरेको नारि सम्मान २०८० बाट पत्रकार न्युरेलाई सम्मानित गरेको हो। पत्रकार न्युरेलाई वन, वातावरण, जैबिक विविधता, महिला, शिक्षा तथा स्वास्थ्यको क्षेत्रलाइ आफ्नो पत्रकारिताको मुख्य क्षेत्र (विट) बनाइ समाजमा महत्त्वपूर्ण भुमिका खेलेको भन्दै सम्मानित गरेको हो।
पत्रकार न्युरे नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य र सत्ति कर्णाली अनलाईनकी कार्यकारी सम्पादक समेत हुन्। सौँराइ स्क्वायर धनगढीले ११४ औँ अन्तरराष्ट्रिय नारी दिवशको अवसरमा विभिन्न क्षेत्रमा काम गरेका ७ जना महिलाहरुलाइ सम्मान गरेको हो।