कञ्चनपुरमा खैरो हेरोइनसहित तीन जना पक्राउ
कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गजरौला बजार नजिकबाट प्रहरीले खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–५ गुलरिया निवासी ३१ वर्षीय पारस जोशी, कृष्णपुर नगरपालिका–६ मौरिफाटा निवासी २३ वर्षीय भरत रोकाया तथा कृष्णपुर नगरपालिका–७ कलुवापुरका एक १८ वर्षीय किशोर रहेका छन्।
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोस्ट गजरौलाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शुक्रबार साँझ शंकाका आधारमा जाँच गर्ने क्रममा उनीहरूको साथबाट १८० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ बरामद गरेको जनाएको छ।
प्रहरीले लागूऔषधसहित तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।