सुदूर नेपाललाई विश्वसँग जोड्दै

मिडिया काउन्सिल विधेयकले लोकतन्त्रमाथि प्रहार गर्छ–संयोजक मिश्र

२०७६ जेठ ४, ०६:३८

साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्रले मिडिया काउन्सिल विधेयक सरकारले फिर्ता लिनुपर्ने बताएका छन्। साझा विवेकशील पार्टीले सुदूरपश्चिम प्रदेशमा सुरु गरेको भ्रष्टाचार विरुद्धको अभियानको क्रममा धनगढी पुगेका संयोजक मिश्रले शनिबार यस्तो बताएका हुन्। प्रेस क्लव धनगढीले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले लोकतन्त्रमाथि नै प्रहार हुने गरि सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको बताए। 
अर्को प्रसंगमा बोल्दै संयोजक मिश्रले ईमान्दारीताको राजनीति चुनौति पूर्ण रहेको बताए। ‘सुदूरपश्चिममा जारी रहेको भ्रष्टचारको अभियान सचेतनाका लागि भएको हो।’ उनले भने। ‘अहिले जताततै भ्रष्टाचार मौलाएको छ। भ्रष्टाचार न्यूनीकरणका लागि सबैले चाँसो दिन आवश्यक छ।’
वर्तमान सरकारले डेढ बर्षको अवधीमा जनतालाई केहि दिन नसकेकोले जनतामा निराशा बढ्दै गएको उनको भनाई छ। दुई तिहाईको सरकार गठन गर्दा पनि जनतालाई विकासको अनुभुति दिलाउन नसक्नु लजास्पद भएको उनेको तर्क छ। 
यस्तै पार्टीले सुरु गरेको भ्रष्टाचार विरुद्धको अभियान आज पनि जारी राखिएको छ। आज कैलालीको फुलवारी र धनगढीमा अभियान अन्तरगत कोण सभाको आयोजना भएको छ। कोण सभालाई केन्द्रीय संयोजक मिश्र, पार्टी प्रवक्ता सुर्यराज आचार्य, संगठन विभाग प्रमुख मुमाराम खनाल, सुदूरपश्चिम प्रदेश प्रमुख गोपाल हमाल लगायतका नेताले सम्वोधन गरेका नेता सिद्धराज पनेरुले जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस