सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेसले सडकदेखि सदन सम्म विरोध गर्छ : कांग्रेस नेता केसी

। फोटो स्रोत ।
२०७६ जेठ ४, ०६:०० खबर संवाददाता

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नेता अर्जुन नरसिंह केसीले नेपाली कांग्रेसले सडकदेखि सदनसम्म विरोध गर्ने बताएका छन। शनिबार रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले राज्यका सम्पूर्ण सम्वैधानिक निकायलाई प्रधानमन्त्री मातहत ल्याउने गरी सरकारले एकपछि अर्को कदम चाल्दै आएको बताउंदै उनले मानवअधिकार आयोग, राष्ट्रिय सुरक्षा परिषद्, मिडिया काउन्सिल र सूचना प्रविधिसम्बन्धी विधेयकमा गरिएको व्यवस्था लोकतन्त्र र प्रेस स्वतन्त्रता विरोधी भएका कारण कांग्रेसले सडकदेखि सदनसम्म विरोध गर्ने बताएका बताएका हुन्। 

उनले सरकार लोकतन्त्रको आवरणमा निरंकुश बन्दै गएको आरोप लगाउंदै निरंकुश मनोवृत्तिका साथ सरकाले सम्पुर्ण शक्ति र अधिकार आफूमा नीहित गर्नेगरी एकपछि अर्को कानुन बनाउँदै गएको बताएका छन। 

यस्तै नेकपाका नेता दिनानाथ शर्माले मिडियासम्बन्धी अधिकारलाई कुण्ठित गर्ने ढंगको विधेयक आए संसदबाट कुनै पनि अवस्थामा पास हुन नदिने प्रतिबद्धता व्यक्त गरे।
 

कमेन्ट लोड गर्नुस