धनगढीमा बीओपी स्थापना
धनगढीः कैलालीमा सशस्त्र प्रहरीले थप एक बोर्डर आउट पोस्ट ९बीओपी० स्थापना गरेको छ।
धनगढी उपमहानगरपालिका– २ स्थित नल्का घाट बेसलाई स्तरोन्नति गर्दै बीओपी स्थापना गरिएको हो।
आज एक कार्यक्रमकाबिच सशस्त्र प्रहरी बल नम्बर ७ वैद्यनाथ वाहिनीका सशस्त्र प्रहरीका नायब महानिरीक्षक प्रदीपकुमार पालले बीओपीको उद्घाटन गरे।
उद्घाटन गर्दै उनले सीमा सुरक्षासँगै चोरी तस्करी तथा अपराध नियन्त्रणका लागि बीओपीले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।