सुदूर नेपाललाई विश्वसँग जोड्दै

तीन इन्धनको मुल्य घट्यो

। फोटो स्रोत ।
२०७६ जेठ ४, ०२:२३ खबर संवाददाता

नेपाल आयल निगमले शुक्रबार राति १२ बजेबाट लागुहुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। पेट्रोलमा प्रति लिटर २ रुपैयाँ, डिजेल र मट्टीतेलमा प्रति लिटर १ रुपैयाँ घटाइएको छ भने, हवाई इन्धन र एलपि ग्याँसको खुद्रा मूल्य यथावत राखिएको नेपाल आयल निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए। मूल्य घटेपछि प्रति लिटर पेट्रोल १०८.५०, डिजेल र मट्टीतेल ९७ कायम रहेको निगमले जनाएको छ। 

कमेन्ट लोड गर्नुस