सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा जंगली बदेल र चित्तलको मासु बरामद

२०८० फाल्गुन २७, ०५:२१ खबर संवाददाता

धनगढीः कैलालीमा जंगली बदेल र चित्तलको जस्तो देखिने मासु बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–१३ बाट ५४ किलो मासु नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र प्रहरी चौकी कैलाली गाउँबाट खटिएको टोलीले आइतवार बरामद  गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दका अनुसार से २ प ३७९६ नम्बरको मोटरसाइकलमा बेवारिसे अवस्थामा उक्त मासु फेला पारेको हो।

जंगली बदेलको जस्तो देखिने ३८ किलो र चित्तलको जस्तो देखिने १६ किलो गरेर ५४ किलो मासु बरामद गरिएको प्रवक्ता चन्दले बताए। बरामद गरिएको मोटरसाइकल र मासु आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय धनगढीको जिम्मा लगाइएको छ।

कमेन्ट लोड गर्नुस