सुदूर नेपाललाई विश्वसँग जोड्दै

१२ लाख बढीको भन्सार छलीका सामानसहित तीन जना पक्राउ

२०८० फाल्गुन २३, ०५:३३ खबर संवाददाता

धनगढीः धनगढीबाट प्रहरीले बुधवार लाखौँ मुल्य बराबरको सामान सहित तीन जनालाई पक्राउ गरेको छ।

धनगढी उपमहानगरपालिका–१० जुगेडाबाट भन्सार छलीका अन्दाजी १२ लाख ३४ हजार ८ सय मुल्य बराबरका माछा, बोइलर कुखुरा, एक थान ट्याक्टर र दुई थान मोटरसाइकल बरामद गरेको छ। धनगढी उपमहानगरपालिका–१० का १८ वर्षीय ट्याक्टर चालक राम राना माछा तथा बोइलर कुखुरा ल्याउँदै गरेको अवस्थामा पक्राउ परेका हुन्।

त्यस्तै सोहि पालिकाकै–१२ का १८ वर्षीय प्रशान्त राना र  २६ वर्षीय कमलेस राना मोटरसाइकलमा बोइलर कुखुरा ल्याइरहेको अवस्थामा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दले बताए। प्रवक्ता चन्दका अनुसार नियन्त्रणमा लिएका सामानसहित तीनै जनालाई कारबाहीका लागि भन्सार कार्यालय त्रिनगर बुझाइएको छ।

कमेन्ट लोड गर्नुस