कैलालीको गोदावरी नजिक इलेक्ट्रिक भ्याकल दुर्घटना
धनगढी : कैलालीको गोदावरी नजिक इलेक्ट्रिक भ्याकल दुर्घटना भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ भ्यागुत्ते पानीमा भ्याकल दुर्घटना भएको हो।
डडेल्धुराबाट कैलाली आउदै गइरहेको इलेक्ट्रिक भ्याकल दुर्घटना भएको प्रदेश प्रहरीले बताएको छ। बुधवार दिउँसो सुदूरपश्चिम प्रदेश ०२००१ ज ०४७९ नम्बरको इलेक्ट्रिक भ्याकल दुर्घटनामा परेको हो।
दुर्घटनामा चार जना सामान्य घाइते भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ। उनीहरूलाई उपचारका लागि अस्पतालतर्फ लगिएको छ। ब्रेक लगाउँदा भ्याकल दुर्घटनामा परेको प्रदेश प्रहरीले बताएको छ।