सुदूर नेपाललाई विश्वसँग जोड्दै

भजनीबाट लागूऔषधसहित दुई जना पक्राउ

२०८० फाल्गुन २१, ०४:३८ खबर संवाददाता

धनगढीः कैलालीको भजनीबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

कैलालीको भजनी नगरपालिका–३ कुसमघाटबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय मिलिग्रामसहित २ जनालाई आइतवार साँझ प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–६ का २१ वर्षीय अबिन चौधरी र २४ वर्षीय दिलबहादुर कठरीया रहेका छन्। ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
 

कमेन्ट लोड गर्नुस