धनगढीमा प्रादेशिक ललितकला प्रदर्शनी सुरू
धनगढीः धनगढीमा प्रादेशिक ललितकला प्रदर्शनी,२०८० सुरू भएको छ। ललितकला प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौं र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा प्रादेशिक ललित कला प्रदर्शनी सुरू भएको हो।
आइतवार एक समारोहमा प्रदर्शनीको मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको भवनमा सुरू भएको प्रदर्शनीको उद्घाटन गरेका हुन्। प्रदर्शनी फागुन २४ गतेसम्म चल्ने छ। प्रदर्शनीमा सुदूरपश्चिमका कलाकारहरू निर्माण गरेका मूर्ति, चित्र, भित्तेचित्र, हस्तकला, लोक कला लगायतका सामग्री राखिएका छन्।
बिहीवारसम्म प्रदर्शनीको निःशुल्क अवलोकन गर्न सकिनेछ। प्रदर्शनीमा राखिएका उत्कृष्ट कलाकृतिलाई पुरस्कार दिइने छ भने छनोट भएका कृतिलाई राष्ट्रिय ललितकला प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ।