सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाडौंमा मिटरब्याजी पीडितको बिरोध प्रदर्शन

२०८० फाल्गुन ११, ०३:५३ खबर संवाददाता

काठमाडौँः न्याय खोज्दै पैदल यात्रा गरी देशभरबाट काठमाडौं पुगेका मिटरब्याजी पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्।

शुक्रवार उनीहरुले त्रिभूवन पार्कबाट पैदल हिँड्दै रत्नपार्कमा प्रदर्शन गरेका हुन्। भृकुटीमण्डपबाट सिंहदरबार जाने क्रममा भृकुटीमण्डप क्षेत्रमै प्रहरीले रोकेपछि उनीहरुले सोही स्थानमा सडकमा बसेर बिरोध जनाएका छन्।

प्रदर्शनकारीहरुले किसानको भूमि फिर्ता गर्, पीडितहरु एक हौँ, हाम्रो आन्दोलन जारी छ, मेची, महाकाली, काठमाडौं पैदल यात्रा सफल पारौँ, पीडितलाई न्याय दे लगायतका नारा लगाएर बिरोध जनाएका छन्। उनीहरु बुधवार साँझ पैदल यात्रा गरेर काठमाडौं पुगेका थिए। —न्युज एजेन्सी नेपाल
 

कमेन्ट लोड गर्नुस