दादुरा रुबेला खोप अभियान सम्बन्धी अन्तरक्रिया सम्पन्न
धनगढीः धनगढीमा दादुरा रुबेला अभियान सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ।
बिहीवार स्वास्थ्य सेवा निर्देशनालयको आयोजनामा अन्तरक्रिया सम्पन्न भएको हो। सुदूरपश्चिममा यही फागुन १३ गतेदेखि प्रथम र चैत ७ गतेबाट दोस्रोप्रथम चरणको खोप अभियान सञ्चालन हुने छ।
सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा खोप अभियान सञ्चालनको योजना रहेको र दोस्रो चरणमा ९ महिनादेखि ५ वर्षमुनि जनसंख्या २ लाख ९ हजार ७५५ जना रहेको निमित्त स्वास्थ्य निर्देशक डाक्टर जगदीश जोशीले बताए। यस्तै, ५ वर्षदेखि १५ वर्ष मुनिका ३ लाख १४ हजार ८४ जनासहित जम्मा ५ लाख २३ हजार ८३९ जनालाई स्वास्थ्य कार्यलय र स्थानीय तहले एकै चरणमा खोप लगाउने बताइएको छ।