सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा दादुरा–रुबेला विरुद्ध खोप अभियान

२०८० फाल्गुन ९, ०९:१३ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरका नौ स्थानीय तहका बालकालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने भएको छ।

जिल्लाका ९२ वडामा यही फागुन १३ देखि २१ गतेसम्म अभियान सञ्चालन गरी खोप लगाइने भएको हो। फागुन १३ देखि २१ गते (नौ दिन) सम्म सञ्चालन हुने अभियानमा जिल्लाका पाँच सय ५३ खोप केन्द्रमार्फत नियमित खोप लगाउन छुटेका एक लाख ३८ हजार एक सय १२ बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय कञ्चनपुरका क्षय–कुष्ठरोग अधिकृत उद्धवबहादुर ठगुन्नाले बताए।

अभियानअन्तर्गत नौ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइने छ। खोप केन्द्रमा स्वास्थ्यकर्मीसहित तीन जनालाई खटाइने तयारी गरिएको ठगुन्नाले बताए। नियमित खोप केन्द्रसँगै स्वास्थ्य संस्था र विद्यालयमा खोप केन्द्र निर्धारण गरिएका छन्।
 

कमेन्ट लोड गर्नुस