सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको गाउँमा ४० प्रतिशत गरिब

२०८० माघ २९, ०५:४५ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा गरिबी सबैभन्दा बढी देखिएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको चौथो जीवनस्तर सर्वेक्षणले सुदूरपश्चिमका गाउँमा ४० प्रतिशत गरिब रहेको देखाएको हो। खाद्य गरिबी मापन गर्ने क्रममा एक व्यक्तिले प्रतिदिन २२ सय ३६ किलो क्यालोरी प्राप्त गर्नेलाई गरिबीको रेखामाथि राखिएको छ। यसअघि यस्तो क्यालोरी २२ सय २० क्यालोरी थियो। मानिसको खाद्यन्नमा लगानी ५३ प्रतिशत हुने गरेको पाइएको छ। यसअघिको सर्वेक्षणमा ६२ प्रतिशत लगानी गर्ने गरेको पाइएको थियो।

सर्वेक्षणले सबैभन्दा धेरै गरिबी सुदूरपश्चिम प्रदेशमा रहेको देखाएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले नेपाल जीवनस्तर सर्वेक्षण २०७९/८० को तथ्यांक सार्वजनिक गर्दै गरीबी दर सुदूरपश्चिममा सबैभन्दा बढी भएको देखाएको छ। सुदूरपश्चिमका गाउँमा ४० प्रतिशत गरीब छन्। सर्वेक्षणका अनुसार धनी र गरीबबीचको असमानता नाप्ने जिनी सूचक शून्य दशमलव ३० पुगेको छ। यसले असमानता केही घटेको देखाएको छ।

कमेन्ट लोड गर्नुस