अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु

२०८१ फाल्गुन २९, ०५:३०
अछामः अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थान स्थित बाख्रा चराउने क्रममा बिहिवार भिरबाट लडेर ६८ वर्षीया बासु साहिको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।




कमेन्ट लोड गर्नुस