कञ्चनपुरको बेलौरी र पुनर्वासबाट भन्सार छलीको सामान बरामद
२०८० माघ २८, १२:०५
धनगढी : कञ्चनपुरको बेलौरी र पुनर्वासबाट भन्सार छलीको सामान बरामद गरिएको छ। जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ६ बुराबाट २० हजार र पुनर्वास नगरपालिका वडा नम्बर ४ घ गाउँबाट १८ हजारका दनहरू बरामद गरिएको हो।
जिल्लाको दुई स्थानबाट शनिवार ३८ हजारको भन्सार छलीको सामान बरामद गरिएको सुदूरपश्चिम प्रदेश प्रहरीले बताएको छ।
कमेन्ट लोड गर्नुस