सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट एक मोटरसाइकसहित डेढ लाख बढीको अवैध सामान बरामद

२०८० माघ २५, ०५:४२ खबर संवाददाता

धनगढीः कैलालीबाट भन्सार छलिको सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका– १७ पथरीबाट भन्सार छलि ल्याएका अन्दाजी १ लाख ५३ हजार मुल्य बराबरको चिनी, गुट्खा, मसला, कोक, एक थान मोटरसाईकल बरामद गरेको प्रहरीले जनाएको छ। सामान र मोटरसाईकल कारबाहीको लागि भन्सार कार्यालय त्रिनगरमा बुझाएको कैलाली प्रहरीले जनाएको छ।

यस्तै, कञ्चनपुरको बेलौरी नगरपालिका–८ कलकत्ताबाट पनि भन्सार छलिको समान बरामद गरिएको छ। अन्दाजी १५ हजार २४० मुल्य बराबरको स्टिलका थाली, कचौरा, बाटा लगायतका सामान प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

कमेन्ट लोड गर्नुस