त्रिवि क्रिकेट मैदानमा सन्दिपको पक्षमा नाराबाजी गर्ने पक्राउ
काठमाडौँः प्रहरीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानबाट केही क्रिकेट समर्थकलाई नियन्त्रणमा लिइएको छ।
बिहीवार क्यानडाविरुद्ध अन्तर्राष्ट्रिय एकदिवसीय शृंखलाको पहिलो खेल चलिरहँदा समर्थकहरुले सन्दिप लामिछानेको पक्षमा नारावाजी गर्दै प्रदर्शन गरेपछि प्रहरीले केहीलाई नियन्त्रणमा लिएको हो। ठूलो संख्यामा क्रिकेट समर्थकले प्रदर्शन गरेपछि नियन्त्रणमा लिन प्रहरीले सामान्य बल प्रयोग गरेको थियो।
प्रदर्शनमा सहभागी क्रिकेट समर्थकहरुले ’सन्दिपलाई न्याय दे’ भन्दै नारावाजी गरेका थिए। जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्धामा कैद सजाय तोकेपछि नेपाल क्रिकेट संघले लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीबाट हटाएको छ।