सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्राकृतिक स्रोत साधनको प्रयोग गर्न नसक्दा नेपालमा उपनिवेशको खतरा

२०८० माघ २५, १२:४६

दार्चुला, एकेन्द्र सिंह धामी : कुनै समृद्ध एवम् शक्तिशाली राष्ट्रद्वारा आफ्नो विभिन्न स्वार्थ पूरा गर्नको लागी कुनै कमजोर तथा प्राकृतिक स्रोत साधनले भरिपूर्ण राष्ट्रहरूमाथि आफ्नो शक्तिको बलमा त्यहाँको स्रोत तथा साधनहरूको शोषण गर्नुलाई उपनिवेशवाद भनिन्छ। नेपालको सन्दर्भमा नेपाल एक स्वतन्त्र एवम् सार्वभौमसत्ता, सम्पन्न राष्ट्र भए पनि राष्ट्रले स्पष्ट एवम् कुशल नेतृत्व पाउन नसक्दा विदेशको मुख ताक्नु परेको छ।

नेपालको खनिज पदार्थ एवम् प्राकृतिक सम्पदा माथि विश्व जगतको नजर रहेको कुरा स्पष्ट छ।नेपालमा जलविद्युत्को मात्रै पनि सम्भावना हेर्ने हो। भने ६ हजार भन्दा बढी नदीनालाहरूको जलविद्युत् उत्पादन क्षमता ८३ हजार मेगावाट रहेको छ। हाल सम्म नेपालले तीन हजार मेगावाट भन्दा बढी विधुत उत्पादन गर्न सकेको छैन। दक्ष जनशक्तिको व्यवस्थापन र उचित स्रोत साधन तथा विज्ञान प्रविधिको विकास गर्न नसक्नु ,खनिज तथा प्राकृतिक स्रोतको प्रयोगलाई उत्पादनमुखी एवम् आर्थिक गतिविधि सँग जोड्न नसक्नु, नै देशमा बेरोजगारी र आर्थिक संकट निम्त्याउनु हो। प्रथम विश्वयुद्ध र दोस्रो विश्वयुद्धमा नाम निशान नै समाप्त भएका मुलुकहरू आज शक्तिशाली भएका छन्। कोही जापानी साम्राज्यवादका अण्डरमा थिए। कोही बेलायतको उपनिवेश थिए । कोही जर्मनीको उपनिवेश रहेका थिए। बेलायती साम्राज्यवादका उपनिवेशमा बसेका मुलुकहरू मध्ये भारत आज दक्षिण एसियामा नै आफ्नो प्रभुत्व जमाउनमा अग्रसर भएको छ । अरू विश्वका थुप्रै देशहरू शक्तिशाली र सु—सम्पन्न छन्। तर, ऐतिहासिक कालदेखि कसैको उपनिवेशमा नरहेको नेपाल किन आज सबै क्षेत्रमा परर्निभर तिर हुँदै छ ?

नेपालको उत्तरमा रहेको चिन आर्थिक एवं. प्राविधिक हिसाबले प्रतिस्पर्धामा अग्रणी स्थानमा रहेको छ। दक्षिणी छिमेकी भारत पनि ठूलो आर्थिक शक्तिको रूपमा अगाडी बढीरहेको छ।नेपाल दुई छिमेकीको बीचमा सानो र कमजोर मुलुक हो। साम्राज्यवादी र विस्तारवादी शक्तिहरूले नेपाललाई चीनका विरुद्ध प्रयोग गर्न सक्ने देखिन्छ।

भारत र चीन नेपालका दुई ठूला अर्थतन्त्र भएका छिमेकी मुलुक हुन । यिनको प्रभाव नेपालमा पर्नु स्वभाविक हो। भारतको विस्तारवादी नीतिकै कारण नेपाल आजसम्म पनि अर्धसामन्ती,नव–औपनिवेशिक अवस्थामा रहेको छ। छिमेकी मुलुक भारतले नेपालको भूमि दार्चुलामा पर्ने लिपुलेक तथा लिम्पियाधुरा क्षेत्रलाई आफ्नो भनेर दावी गर्नु बाट स्पष्ट हुन्छ की भारत पनि नेपालीमाथि बिस्तारवाद लादन खोज्दै छ। लिपुलेक लिम्पियाधुरा त्रिदेशीय सिमानामा पर्ने भएका कारण अर्को छिमेकी राष्ट्र चीनले पनि आँखा गाडेको छ। दोस्रो विश्वयुद्ध पछि संसारका ठूला राष्ट्रहरू दुई समूहमा विभाजित हुन पुगेका थिए पुँजिबादी देशको नेतृत्व अमेरिकाले गरेको थियो भने।साम्यवादी देशहरूको नेतृत्व रसियाले गरेको थियो। वर्तमान समयमा पनि पुँजीका हिसाबले अमेरिकाले आफ्नो प्रभुत्व कायम राखेको छ। दोस्रो विश्वयुद्ध पछी शक्तिशाली रुपमा देखा परेको अमेरिकाले अन्य राष्ट्रहरूको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भनिएको छ ।नेपाल सरकार र अमेरिका सरकारको एमसिसी बीच सन् २०१७ मा हस्ताक्षर भएको थियो।

नेपालमा एमसिसी(मिलेनीअम च्यालेन्ज कर्पोरेशन) एक नौलो अमेरिकी वैदेशिक सहायता निकाय हो,भनिएको छ। नेपालको संसदमा २०७६ असार ३० मा दर्ता भई पास भए सँगै लागु हुने जनाए , पनि आम जनमानसको शङ्काको विषय बनेको छ । एमसिसीले विश्वव्यापी गरिबीविरुद्धको लडाइँको अगुवाई गर्न सघाइरहेको समेत उल्लेख छ।गरिब देशहरूलाई आर्थिक सहयता भनिएको आर्थिक अनुदान मात्रै रहने, आइपीएसको अङ्ग नहुने, परियोजना स्थलको जमिनको सार्वभौमसत्ता नेपालकै हुने, भनी पारित गरिएको व्याख्यात्मक टिप्पणी समेत समावेश गरे पनि आफ्नो देशमा उपलब्ध थुप्रै सम्भावनाहरूलाई थाती राखी यो परियोजना प्रस्ताव स्वीकार गरि संसदबाट पास गर्नु उचित थिएन।

देशको वर्तमान अवस्थाप्रति मैले लेखेको यो लेख पढिदिनु भएकोमा हार्दिक आभार प्रकट गर्दछु।

 

कमेन्ट लोड गर्नुस