सुदूर नेपाललाई विश्वसँग जोड्दै

चलचित्र ‘अगस्त्यः च्याप्टर १’ को टिजर सार्वजनिक

२०८० माघ १४, ०७:१४ खबर संवाददाता

काठमाडौँः चलचित्र ‘अगस्त्यः च्याप्टर १’ को टिजर सार्वजनिक भएको छ। मुख्य अभिनेता सौगात मल्ल वरिपरि घुमेको टिजर दमदार छ।

सौगात यस फिल्ममा एक्सन अवतारमा देखिएका छन्। प्रेमीहुँदै सडकछाप र ग्याङस्टारसम्मको उनको बहुआयामिक भूमिका टिजरमा देख्न सकिन्छ। निश्चल, नाजिर हुसेनदेखि मलिका महतले पनि टिजरमा स्थान पाएका छन्।

डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यस फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ। यस फिल्ममा प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झाको पनि अभिनय रहेको छ। फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन्। सौरभ चौधरीको लेखन र निर्देशन रहेको यो फिल्म आगामी फागुनको १८ गतेबाट रिलिज हुँदैछ।
 

कमेन्ट लोड गर्नुस