सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानन्यायाधीश श्रेष्ठ भारत भ्रमणमा

२०८० माघ १४, ०५:०३ खबर संवाददाता

काठमाडौँः प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ भारत प्रस्थान गरेका छन्।

भारतीय सर्वोच्च अदालतको ७५औँ स्थापना दिवसको अवसरमा आयोजना हुने विशेष समारोहमा सहभागी उनी भारत गएका हुन्। प्रधानन्यायाधीश श्रेष्ठ समकक्षी डी. वाई चन्द्रमोहनको नियमन्त्रणामा भारत गएको सर्वोच्च अदालतको विज्ञप्तिमा उल्लेख छ। उनी आज नेपाल वायु सेवा निगमको विमानबाट भारतको राजधानी नयाँ दिल्लीका लागि प्रस्थान गरेका हुन्।

प्रधानन्यायाधीश श्रेष्ठको साथमा पत्नी रोशनी अमात्य श्रेष्ठ र सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेल सहभागी रहेको प्रवक्ता वेदप्रसाद उप्रेतीले बताए। प्रधानन्यायाधीश नेतृत्वको टोली आगामी शनिवार स्वदेश फर्कने कार्यक्रम छ।
 

कमेन्ट लोड गर्नुस