सुदूर नेपाललाई विश्वसँग जोड्दै

युक्रेन नजिक रुसी विमान दुर्घटना हुँदा ६५ जनाको मृत्यु

२०८० माघ १०, ०५:२२ खबर संवाददाता

एजेन्सीः युक्रेनी सीमामा रहेको बेलगोरोद क्षेत्रमा रुसको एउटा सैन्य विमान दुर्घटनाग्रस्त भएको छ।

इल्युशिन–७६ विमान बुधवार दुर्घटनामा परेको भन्दै रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै त्यहाँको सरकारी सञ्चार माध्यमले जनाएका छन्। ‘युद्ध मिसन पूरा गरेर बेलगोरोद क्षेत्रमा रहेको हवाई अड्डामा फर्किने क्रममा रुसी हवाई बलको सु–२५ विमान   दुर्घटनामा परेको हो।

विमानका चालकको मृत्यु भएको छ,’ विज्ञप्तिमा भनिएको छ। दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन। अधिकारीहरुले यसबारे छानबिन गरिरहेका छन्। दुर्घटना स्थलमा विशेष सैन्य समितिलाई पठाइएको बताइएको छ। विमानमा रुसले बन्धक बनाएका ६५ जना युक्रेनी सेनाहरु भएको बताइएको छ। 
 

कमेन्ट लोड गर्नुस