मधेस प्रदेशमा जनमतका दुई मन्त्रीको राजीनामा
मधेस सरकारबाट जनमत पार्टीका दुई मन्त्रीले राजीनामा दिएका छन्। मधेस सरकारबाट राजीनामा दिएका जनमत पार्टीका दुबै मन्त्रीको राजीनामा स्वीकृत भएको छ।
मंगलवार साँझ जनमतका संसदीदय दलका नेता समेत रहेको शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायात मन्त्री चन्दन सिंहले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा दिएका थिए। बुधबार प्रदेश प्रमुख हरिशंकर मिश्रले दिएका दुबैजना मन्त्रीको राजीनामा स्वीकृत गरेका हुन्।