सुदूर नेपाललाई विश्वसँग जोड्दै

दोस्रो चरणको हरियाली धनगढी प्रवर्द्धनमा कडायत दम्पतीको सहयोग

२०८० माघ १०, ११:५४ खबर संवाददाता

धनगढीः दोस्रो चरणको हरियाली धनगढी प्रवर्द्धनमा कडायत दम्पतीले सहयोग गरेका छन्।

धनगढी उपमहानगरपालिका द्वारा हरियाली प्रवर्द्धन गर्ने र धनगढीलाई पर्यावरण मैत्री बनाउने उद्देश्यका साथ उक्त कार्यमा सहभागी हुदै धनगढी–१ लक्ष्मीनगरका हाल नर्वे निवासी श्रीमान मोहन कडायत र उनकी श्रीमती ज्ञानु साउदले सहयोग गरेका हुन्। बैवाहिक बर्षगाठको उपलक्ष्यमा आज उनका छोरा आर्थिकजङ्ग कडायत र छोरी अक्षरा कडायत समेतले यस अभियानमा ४ वटा  बिरुवा बराबर २० हजार रुपैयाँ सहयोग गरेको नगरपालिकाले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस