सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरिया बसपार्कमा चोरी गर्दै गरेका दुई युवक पक्राउ

२०८२ चैत्र ६, ११:२९ खबर संवाददाता

धनगढी: कैलालीको अत्तरिया बसपार्कमा बसभित्र प्रवेश गरी चोरी गर्ने प्रयास गरिरहेका दुई युवकलाई स्थानीयवासीले नियन्त्रणमा लिएपछि प्रहरीले पक्राउ गरेको छ। शुक्रबार बिहान चोरी गर्दै गरेको अवस्थामा बझाङ घर भएका करन धामी र सुवाश बोहरालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार स्थानीयले उनीहरूलाई समातेपछि प्रहरीलाई जिम्मा लगाएका थिए। नियन्त्रणमा लिएपछि केही समय उनीहरूलाई रुखमा बाँधिएको पनि बताइएको छ।

पक्राउ परेका मध्ये करन धामी यसअघि पनि पटक–पटक चोरी मुद्दामा समातिँदै आएका व्यक्ति भएको प्रहरीले जनाएको छ। उनी केही दिनअघि मात्र हिरासतबाट छुटेका थिए। हाल दुवैजनालाई इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको छ।

कमेन्ट लोड गर्नुस