सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोलम्बियामा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो

२०८० माघ १, ०६:१० खबर संवाददाता

एजेन्सीः  पश्चिमी कोलम्बियामा पहिरोमा परी मृत्यु हुनेको  सङ्ख्या ३६ पुगेको छ।

आइतवार जारी आधिकारिक तथ्याङ्कअनुसार उद्धारकर्ताहरूले हराएका मानिसहरूको खोजी जारी राखेका छन्। यसअघि अधिकारीहरूले मेडेलिन र क्विब्डो सहरलाई जोड्ने सडकमा शुक्रवार भएको पहिरोबाट २३ जनाको मृत्यु भएको बताएका थिए।

कोलम्बियाको प्रशान्त महासागरमा अवस्थित चोको क्षेत्रमा २४ घण्टा भन्दा बढी तीव्र वर्षा पछि पहिरो गएको थियो। डिसेम्बर २०२२ मा कोलम्बियाको सोही भागमा भएको भूस्खलनमा कम्तीमा २७ जनाको मृत्यु भएको थियो भने मानिसहरू बस लगायतका अन्य सवारी साधनहरूमा फसेका थिए।
 

कमेन्ट लोड गर्नुस