सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको सडक पेटीमा अर्काका जुत्ता टल्काउनेहरुको दैनिकी कष्टकर

२०७६ वैशाख २६, ११:२८

विर बहादुर सिंह 
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ विशालनगरका ५७ बर्षीय भिम बहादुर सार्कीलाई सडकपेटीमा बसेर जुत्ता सिउदै आएको झण्डै २१ वर्ष पुगेको छ। जुत्ता सिलाई र पालिस गरे वापत आउने रकमले नै सार्कीले  ६ जनाको परिवारको दैनिक चलाइरहेका छन्। तर सडक पेटीको परिश्रमले २१ वर्ष त पुग्यो तर जीवनमा उपलब्धी भने हुन नसकेको उनले बताए। अझै बेला बखत आउने विभिन्न बाधा अवरोधका कारण काम गर्नै समस्या हुने गरेको उनको भनाई छ।

डेल्धुराको अजयमेरुकोटका ६० बर्षीय गंगाराम सार्कीलाई पनी धनगढीको सडक पेटीमा जुत्ता पालिस गर्दै गुजारा चलाउदै आएको बर्षौ दिन पुगेको छ। उमेर ढल्कीने बेला घर परिवारले वेवास्ता गरेपछि जुत्ता सिलाएरै दुई छाक टारिरहेका छन्। दिनको दुई तिन सयले घरभाडा सकेत तिर्न समस्या हुने गरेको उनले बताए। यस्तै धनगढीको बिशालनगरका २४ वर्षीय युवा बिरु सुर्खेतीले पनि आर्थिक समस्याका  कारण कक्षा आठबाटै पढाई छाडेर अहिले सडक पेटीमै जुत्ता चप्पल सिउदै आएका छन्।

रोजगारीका अन्य अवसर नपाएकै कारण जुत्ता सिउने पेशालाई नै गुजरा चलाउने आधार बनाएका उनले कामको सही सम्मान नभएकाले जतातेतै बाट हेपिने गरेको बताए। काम सानो ठुलो नभनी राज्य स्थरबाट पनि कामको सम्मान हुनुपर्ने उनले बताए। कैलाली कञ्चनपुरका मुख्य शहरका सडक पेटीमा जुत्ता सिलाएर आफू र परिवारका सदस्यको दैनिकी चलाउनेहरुमा प्रायजसो आर्थिक रुपले विपन्न नागरिकहरु नै रहेका छन्।

तर राज्य स्तरबाट श्रमको उचित सम्मान नहुनु, प्रोत्साहन नपाउनु लगायतका कारण समस्यामा पर्दै आएका छन्। स्थानीय तहहरुले सीप मुलक तालिमका नाममा वर्षेनी लाखौँ बजेट खर्च गरिरहेपनि सडक पेटीमा संघर्ष गरीररहेकाहरुको सीपको सम्मान र स्थायित्व दिन तर्फ भने ध्यान जान सकेको छैन्।  

 

 

कमेन्ट लोड गर्नुस